Friday, January 13, 2017

संक्षिप्त जीवनी: जितेन्द्र बर्देवा




जन्म मिति: ८ मार्च, १९४२ साल ब्रिटिश भारत
स्थान: गिग कमान, दार्जिलिङ
देहान्त: २ जुलाई १९९५



पिता: सहवीर बर्देवा
माता: मनकुमारी बर्देवा


#सानै उमेरदेखि संगीत प्रतिको उनको झुकाव आफ्नो पिताको सहनाइँ वादन र जेठा दाजु कमल बर्देवाको गायन कलाले गर्दा अभिप्रेरित भए । उनी परिवारको साथ हिन्दी चलचित्र हेर्न जान्थे र त्यस फिल्मका गानाहरु सिकेर सुनाई सबैलाई मन्त्रमुग्ध बनाउँथे ।

#टर्नबुल स्कूलमा पढ्दै गर्दा गुरु दलसिं गहतराजको नजरमा परेका थिए र गुरुबाट उनलाई संगीतमा लाग्न प्रोत्साहन मिलेको थियो ।

# विद्यार्थी छँदै  उनी भर्ती हुन पल्टन पनि लागे तर गोली बारुद भन्दा संगीत नै आफ्नो लागि श्रेयस्कर ठानी पल्टन छोडेर फर्के ।

# फर्केर संगीतकार अम्बर गुरुङको आर्ट अकादमीमा संग्लग्न भए । यस दौरानमा गुरुङको मार्गदर्शनमा उनले संगीत प्रणालीलाई अन्तरात्मादेखि बुझ्ने मौका पाउनुको साथै क्षमता अभिवृध्दि गर्न सके । अकादमीमा गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, रन्जीत गजमेर उनका समकालिन साथी थिए ।

#अकादमी पछि प्रकाशसिं गहतराजको "संगम"मा उनी संग्लग्न भए , जहाँ उनले शरण प्रधान, अरुणा लामा, रंजीत गजमेर, ललित योञ्जन, पिटर कार्थक, मार्क कार्थक, कुमार गजमेर, विदुर सिं, मणि कालिकोटे, आर रसाइली, आइजक आदि सँग सहकार्य गरे ।
संगम संस्थामा रहँदा उनको शब्द रचनामा शरण-रंजितले संगीतबध्द गरेका गीतहरु धेरै ख्याति कमाए, जस्ते:
१. यहाँ फूल नखिली छ
२. हेर न हेर कान्छा
३. देउराली पाखामा आज
४. यहाँ निश्चल छ जीवन
यी गीतहरु एच एम भी कम्पनीमा रेकर्ड गरिएका थिए।

# गोर्खा दुख निवारक सम्मेलनद्वारा आयोजित प्रतियोगितामा शब्द,स्वर र संगीत विधामा सर्वोच्च स्थान ओगट्न सफल भएका थिए ।

#उनले "सावन कुञ्ज" नामक संस्था स्थापना गरे , त्यसमा निमा, नथ्थु ठाकुर सिंह गोलेर, सन्तलाल लोहागन, छन्दघोष, दावा ग्याल्मो, डोमा, कुमारी बराइली, सुमित्र सुब्बा, शीला दियाली, मेरी कार्थक, ललित छेत्री, एल बि थापा, अर्जुन रसाइली आदि संगठित भएका थिए ।सावन कुञ्जका कलाकारहरुलाई स्वर्गीय अगमसिंह गिरीको सहयोग र प्रोत्साहन थियो । उनले भानुभक्त स्कूलमा अभ्यासको लागि ठाउँ प्रदान गरेका थिए ।

१. अहिले त मेरो जीवन सानै छ
२. ढल्की जा है जीवन दिन ढल्के जस्तै
३. लेखलाई भावी मेटलाई को
४. कति लेखुँ पन्नामा जीवनको गीत इत्यादि, त्यस समयका गीतहरु हुन् ।

#रोजगारीको सिलसिलामा उनी तीन माइल सिम्कोना मङपु रोडमा मुन्सी काम लिई गए, त्यहाँ सावित्री थापासित उनको  प्रेम विवाह भयो ।
१. एक रात थियो भर्खरकै थियो
२. के राम्रो जोवन हेरिरहूँ भन्छ  आँखाले
३. जीवनमा सँगै रुने सँगै हाँस्ने
४. कुक्कु मलाई नजिस्का है मायालुकै स्वरमा, इत्यादि  यो खण्डमा सृजना भए ।

#आमा मनकुमारीको दुखद निधनले गर्दा उनी दार्जिलिङ फर्के। त्यहाँ लोक मनोरञ्जन शाखामा  प्रमुख संगीतकारको पदमा १९७६ मा नियुक्ति पाए । यो समयमा उनले HMV मा 'नारीले यो जातै पाई माइती छोड्नलाई"(7xJE16539) र प्रल्हाद थुलुङसित "भुकभुक उजेलीमा पहाड खस्यो है" (7xJE16540) रेकर्ड गराएका थिए ।

#रेडियो नेपाल र खर्साङ रेडियोमा कति गीतहरु उनको आफ्नै स्वरमा र कति अन्य कलाकारहरुले गाएको पाइन्छ । "अहिले त मेरो जीवन सानै छ कोपिला" बंगला चलचित्र निर्देशक तपन सिन्हाले "सगीना महतो"मा राखेका छन् । "मेरो आसले मेरो भागले' बोलको गीत संगीतकार रन्जित गजमेरले नेपालि चलचित्र "पिरती" मा समावेश गरेका छन् ।

#"चिसो चुल्हो","हिंजो जस्तै बिहान, रुपा, कुञ्जिनी, इत्यादि नाटकमा उनको संगीत निर्देशन रहेको थियो ।

# उनीद्वारा लिखित लघुकथा "कोही दिनको बोली, कोही दिनको गाली" सुनचरी समाचार पत्रमा प्रकाशित भएको पाइन्छ ।

# उक्त रक्तचाप र  रगतको कमीले उनको मृत्यु  २ जुलाई  सन १९९५ मा भयो ।


CONTINUED....

No comments:

Post a Comment